गुराँस लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८१ रुपैयाँसम्म पाउने

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट असार २८ गते स्वीकृति भए सँगै बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो…