तेह्रथुम पावर कम्पनीले साउन ५ गतेबाट आईपीओ निष्काशन गर्ने

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते आईपीओ निष्कासनको अनुमती पाएको तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण…