कोरोनाको खोप ल्याउने विषयमा सिसिएमसीमा छलफल, भारतमा निर्मित खोप प्राथमिकतामा

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीबीचको बैठक बोलाएका हुन् । बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका…