सुन चाँदीको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँले बढेको हो । महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३२५ रुपैयाँ कायम गरिएको छ ।…