अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस लिएको सव डिभिजन कार्यालय, कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ट्र्याक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सो मुद्दा मिलाइदिन्छु भनी घुस लिएको पाइएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलीले रेञ्जर चौधरी र सीताराम…