बैंकहरुले बीमालेख धितोमा राखेर ऋण दिन थालेपछि बीमा समितिले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्न खोजेको छ । समितिले राष्ट्र बैंकलाइ पत्राचार गर्दै बीमालेख धितोमा राखेर ऋण दिने काम बैंकहरुको क्षेत्राधिकार भित्र नपर्ने भन्दै पत्र पठाएको हो। बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण दिने व्यवस्था कानुन विपरित र बैंकहरुको क्षेत्राधिकार बाहिरको कुरा भएका कारण समन्वय गर्नका…