मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: अधिकांश व्यवस्था यथावत, आवश्यकता अनुसार मौद्रिक व्यवस्थापन गरिने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई यथावत राख्दै मौद्रिक नीतिको अर्घवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यसअघि कायम गरिएको अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई निरन्तरता दिएको छ । कोरोना पछिको आर्थिक कृयाकलाप सामान्यकरणतर्फ उन्मुख रहेको र मौद्रिक व्यवस्थापन गनुपर्ने देखिएको राष्ट्र बैंकले जनाएको छ…