लगातार तीन दिन घटेको सुनचाँदीको भाउ फेरि बढ्यो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ८ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँ तोकिएको छ ।…