आजदेखि दोस्रो बजारमा शेयर कारोबार खुला भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा (प्रतिकित्ता ३४० रुपैयाँ) कारोबार खुला भएको बैंकको शेयरमूल्यमा नियमित कारोबारको सुरुवाति समयमा नै सकारात्मक सर्किट लागेको हो । आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको बैंकको शेयरमा उच्च…