ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ यसै साता बाँडफाँड हुने

ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैरहेको छ । मंगलबार प्रि-अलोटमेन्ट भए हाइड्रोपावरको शेयर शुक्रबारभित्र बाँडफाँड हुनेछ ।…