बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा ९४ हजार २०० रुपैयाँ , तेजावी सुन ९३ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ तोकिएको छ…