नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुन गईरहेको मतदानमा १ हजार ११६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार जिल्ला नगर, एसोसिएट्स, वस्तुगत र द्विराष्ट्रियका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्ने छन् । महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फका ९०४ सदस्य संस्थाका प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको…