नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि सक्रिय लगानीकर्ताहरुको संख्या समेत बढ्न थालेको छ । पछिल्लो चरणमा प्राथमिक बजारमा ५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेको पाइएको छ भने दोस्रो बजारमै सक्रिय लगानीकर्ताको संख्या पौने ३ लाख पुगेको छ । लकडाउन पछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार…