कोरोना संक्रमणका कारण अर्थतन्त्र प्रभावित भईरहेका बेला पनि नेपालका जीवन बीमा कम्पनीहरुको व्यवसाय भने औसतमा उकालो लागेको छ । यसै क्रममा नेपाल लाइफ इन्स्योरेन्सले पनि लकडाउनका बावजुद व्यवसाय बिस्तार गर्न सफल भएको वित्तीय विबरण निकालेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २२ अर्ब ८२ करोड ५० लाख ३० हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको…