नेपाल राष्ट्र बैंकले एनएमबि बैंकलाई कञ्चन डेभलपमेण्ट बैंक विलय गर्न अन्तिम स्वीकृति दिएको छ । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई बैंकको विलय प्रकृयालाई अन्तिम स्वीकृति दिने निर्णय भएको हो । राष्ट्र बैंक स्रोतले नोटबजारसँगको कुराकानीमा भन्यो, ‘एनएमबि र कञ्चन बैंकले गरेको सहमती अनुसार एनएमबि बैंकको १०० कित्ता शेयरबराबर कञ्चनको ८५ कित्ताको अनुपातमा…