घरभाडा तिर्न नसक्नेलाई घरबाट ननिकाल्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले बिहीबार बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको अवस्थामा घरबाट ननिकाल्न आदेश जारी गरेको हो । “बन्दाबन्दीको अवधिको भाडा तिर्न नसकेका कारण घरबाट…