नेप्सेमा १ करोड ९ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत

0
Shares

सोल्टी होटेलको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ९ लाख ९० हजार ४३६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत पुस २४ गते वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर सूचीकृत गरेको हो ।

सोहि सभाबाट पारित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश भने कम्पनीले गत माघ २३ गतेदेखिनै वितरण गर्न शुरु गरेको थियो । नेप्सेमा सूचीकृत भएपश्चात बिहीवारदेखिनै यो शेयर कारोबार गर्न योग्य भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहिबार  ०६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।