नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय प्रावधान अनुरुप पारस्परिक मूल्याङ्कनसम्बन्धी कार्य सम्पन्न गर्न आवश्यक समन्वय गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीतिमा उल्लिखित राष्ट्र बैंकसँग सम्बन्धित कार्यहरुको प्रभावकारी कार्यान्वयन गरिने जानकारी…