सार्वजनिक सवारीका पार्टपुर्जा बिग्रन थाले, ब्याज र किस्तामा छुट दिन व्यवसायीको माग

सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका…