काठमाण्डौं स्थित हुवावे कम्पनीको कार्यालयमा जून २८, २०२० का दिन आयोजित एक हस्ताक्षर समारोहमा हिमालय एयरलायन्स र हुवावे क्लाउड, चिनीया बहुराष्ट्रिय प्रविधि कम्पनी बीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सूचना तथा संचार प्रविधि (आइ.सी.टी) का उपज र समाधानका उपायहरुबाट अधिकत्तम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी…