तेस्रो पटक बोलपत्र आह्वान गर्दा पनि निवेदन नपरेपछि चामल खरीद अन्योलमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरीद नै अन्योलमा परेको छ । कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरीदका लागि बोलपत्र आह्वान भएको करीब दुई महिना बितिसक्दा समेत खरीद प्रक्रिया शुरु हुन सकेको छैन । पहिलो र दोस्रो पटकको बोलपत्र…