सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दीलाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२ बजे सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो…