कोरोना पराजित गरि थप २५ घर फिर्ता, कूल ११२ जना ‘डिस्चार्ज’

कोभिड संक्रमणसँग लडिरहेका थप २५ जनाले आज कोभिड–१९ जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आज डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको सङ्ख्या ११२ जना पुगेको जानकारी दिए । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।…