कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ । स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिए। चितवनमा गत चैत २४ गतेदेखि…