मुस्ताङको चराङमा प्रस्तावित विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ । समुद्री सतहदेखि…