भ्रमण वर्षसँगै भरतपुर पटिहानीमा ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने

भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको हो । सो…