बैंक खाताप्रति महिलाको बढ्दो आकर्षण, डोटीमा प्रत्येक घरका एक जनाको बैंकमा खाता

जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई गएका छन। ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्थे । कहिलेकाहीँ आफू घर आउँदा उहाँले आफँै पनि बोकेर आउने गरे। दुःख…