अर्थमन्त्री डा. खतिवडाले आफ्ना कार्यकालयमा समग्र वित्तीय क्षेत्र र पूँजी बजारमा स्थायित्व कायम गर्ने, तथा मुलुकका सम्पूर्ण आर्थिक गतिविधिलाई लगानीमैत्री बनाउँदै प्रत्यक्ष विदेशी लगानी समेत प्रवद्र्धन गर्ने आफ्नो कार्यसूची हुने बताएका छन्। नेपाल चेम्बर्स अफ कमर्सले प्रकाशन गरेको स्मारिकाका लागि समग्र अर्थतन्त्रसँग सम्बन्धित रहेर गरिएको अन्तरवार्ता निम्नअनुसार रहेको छ। तपाईंले नेपाली अर्थतन्त्रको बागडोर सम्हालेको दुई…