बैंकहरुको कर्जा प्राथमिकतामा विद्युतीय सवारी साधन र चार्जिङ स्टेशन

पेट्रोलियम पदार्थको आयात घटाउन र स्वच्छ ऊर्जाको प्रवद्र्धनलाई बढावा दिन सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारको उक्त प्राथमिकतालाई सहयोग गर्न केन्द्रीय बैंकले पनि आफ्नो महत्वपूर्ण नीतिगत व्यवस्था गरेको छ । बैंकले एक निर्देशनमार्फत प्राथमिकता प्राप्त क्षेत्र कर्जासम्बन्धी व्यवस्थामा नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन एवं चार्जिङ स्टेशनलाई राखेको छ…