अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताको मनोबल बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । निरन्तर दोहोरो अंकले बजार घटिरहेको अवस्थामा अर्थमन्त्रीको एकाएक यस्तो अभिव्यक्ती आएको हो । कर्मचारी सञ्चय कोष ५७ वर्ष पूरा गरी ५८ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा लगानीको आह्वान समेत गरेका छन्।…