गाडी आयातमा कमी आएपछि वीरगञ्ज ड्राइपोर्टलाई लक्ष्य भेट्टाउन चुनौती

भारत तथा तेस्रो मुलुकबाट आउने विलासी गाडीहरुको आयातमा कमी आएपछि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट) लाई चालू आर्थिक वर्षमा लक्ष्य भेट्टाउन चुनौती थपिएको छ । कार्यालयले चुनौतीको सामना गरिरहेको बेला भन्सार विभागले बर्सेनि राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य बढाउँदै लगेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म कार्यालयले २१ अर्ब ८८…