नेपाली बजारमा बिहीबार सुन चाँदीको भाउ बढेकोे छ । नेपाल सुन चाँदी व्यसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ तथा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । संघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको थियो…