सिभिल लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म एक करोड ६६ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३५.५५ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा लघुवित्तले ७४ लाख २६ हजार खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ११ करोड ४१ लाख रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ५९…