वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष घुस सहित नियन्त्रणमा

कैलाली जिल्लाको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह एक लाख ६० हजार घुस रकम सहित रंगेहात पक्राउ परेका छन्। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिक्न प्रयोग भएको जे.सि.भी. र टेक्टरलाई घुस लिएर छाड्ने क्रममा सो…