इरान र अमेरिकाबीच तनाब बढ्दा, नेपालमा सुनको मूल्य नयाँ उचाईमा

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा देखिएको छ । बुधबार विहान इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको खबर सार्वजनिक भएपछि नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ उक्लिएको छ । नेपाली बजारमा सुनको मूल्य बुधबार हालसम्मकै सबै भन्दा उच्च मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको छ ।…