मादी नदी लिफ्टिङ आयोजनाको सर्भे शुरु, लागत करीब ३५ करोड

व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे शुरु गरेको छ । पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो ।…