नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गुप्ताले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि…