अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो । आयोगले संशोधन गरेको अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई सरकारले स्वीकृत गरेसंगै संकेत नम्बरको व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारले स्वीकृत गरेको…