‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत विकास बैंकबाट प्रवद्र्धित पहिलो खुलामुखी योजनाको रूपमा ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते उक्त योजनाको सार्वजनिक निष्काशनका लागि स्वीकृति दिएको हो…