भरतपुर महानगरको बेरुजु सबैभन्दा कम

देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औं प्रतिवेदनमा ६ वटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा कम रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा…