एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई लाग्ने बिलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा लाग्ने ब्याजमा छुट दिन लागेको हो । कम्पनीले भदौ १५ गतेदेखि आगामी असोज १२ गतेभित्र पुर्नजागरण गराउने बीमितहरूलाई उक्त छुट प्रदान गर्ने प्रष्ट पारेको छ…