सट्टेबाजी उत्साह र निराशा: एक सामाजिक महामारी

अङ्ग्रेजीमा 'स्पेकुलेटिभ बबल' भनिने शब्दावलीलाई नेपालीमा 'सट्टेबाजी फोका' भनेर अनुवाद गर्न त सकिन्छ तर यसले दिन खोजेको भावलाई बुझाउन भने कठिन हुन्छ । हामीकहाँ प्रचलनमा नभएकाले पनि हुन सक्छ 'सट्टेबाजी फोका' अर्थहीन लाग्छ । बर्खामा हावा भरिएको पानीका फोका उठ्छन् र फुट्छन् । अर्थतन्त्रमा सम्पत्तिहरूको मूल्यमा उच्छल आउने र चकनाचुर हुने प्रवृत्तिलाई औँल्याउन विकसित मुलुकहरूमा…