काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको…