अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत सुनिलकुमार झा विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ। झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनि सेवाग्राहीसँग ५ लाख घुस लिइसकेको अवस्थामा गत चैत्र २८ गते नियन्त्रणमा लिएको थियो । अयोगले पाँच लाख रुपैयाँ बिगो कायम गरी झा विरुद्ध भ्रष्टाचार निवारण ऐन…