अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म छ…