साना उद्योगमा समस्या थपिँदै, २० प्रतिशत धेरै उद्योग बन्द

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ का दीपकप्रसाद सापकोटाले तीन करोडको लगानीमा सुरु गर्नुभएको टेक्सटायल उद्योग १२ करोड नोक्सानी व्यहोरेर बन्द गर्नु पर्‍यो । व्यवसायलाई पुनः निरन्तरता दिँदै उनले हाल सूर्यमुखी तेल, एसिड लगायतका सामान उत्पादन गरिरहेका छन् । उद्योगका लागि कच्चापदार्थको अभाव देखिन थालेपछि यो उद्योग पनि बन्द हुने अवस्था रहेको सापकोटाले बताए ।…