नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ । तयारी चिया बोकेका कन्टेनर हप्ताैं काँकरभिठ्ठा भन्सारमा…