विदेशी विनिमय अपचलनमा ८ करोड मागदाबी सहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा ८ करोड २३ लाख रुपैयाँ मागदाबी लिँदै काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको छ । विभागले कुश्मा १, पर्वत स्थायी वतन भई हाल काठमाडौं सामाखुशी बस्ने गणेश पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ विपरितको कसूरमा ८ करोड २३ लाख २६ हजार ८०६ रुपैयाँ बिगो कायम…