आज २ बजे नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिने, एनटिभिमार्फत प्रत्यक्ष प्रसारण

सरकारले आज दिउँसो सवा २ बजे नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो । साथै नेपाल टेलिभिजनमार्फत नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ…