केन्द्रमा तीन सय र सातवटै प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल

सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण सेवासहितको तीन सय शय्याको केन्द्रीय र न्यूनतम ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने उल्लेख गर्नुभयो ।  अहिले संघमा शुक्रराज ट्रपिकल तथा…